समाज


स्थानीय सञ्चारमाध्यम भन्छ– ओडिशा रेल दुर्घटनामा ३ नेपालीको मृत्यु, एकजना घाइते

स्थानीय सञ्चारमाध्यम भन्छ– ओडिशा रेल दुर्घटनामा ३ नेपालीको मृत्यु, एकजना घाइते

कटकस्थित एससीबी मेडिकल कलेजमा उपचाररत रामानन्द पासवानलाई भेट्दै उनका आमाबुवा। तस्बिर : ओडिशाटीभी डट आईएन।


नेपालखबर
जेठ २४, २०८० बुधबार १४:३९, काठमाडौँ

दुई सय ७५ जनाको ज्यान जानेगरी भारतको ओडिशामा गत शुक्रबार भएको तीन रेल दुर्घटनामा तीनजना नेपाली नागरिकको पनि मृत्यु भएको खबर सार्वजनिक भएको छ। 

ओडिशाटीभी डट आईएनका अनुसार रेल दुर्घटनामा परेका एक किशोरसहित चार नेपालीमध्ये ३ जनाको निधन भएको हो।

दुर्घटनामा १५ वर्षीय रामानन्द पासवान घाइते भएका हुन्। अहिले उनको कटकस्थित एससीबी मेडिकल कलेजमा उपचार भइरहेको छ। पर्सा जिल्लाबाट आएका उनका बुवा हरि पासवान र रामानन्दबीच भेट भइसकेको छ (हेर्नुहोस् माथिको तस्बिर)।

रामानन्दसँगै कामको खोजीमा ओडिशा आएका अन्य ३ नेपालीको रेल दुर्घटनामा मृत्यु भएको ओडिशाटीभी डट आईएनले उल्लेख गरेको छ। तर उनीहरूको परिचय खुलाइएको छैन। उनीहरू गत शुक्रबार दुर्घटनामा परेका रेलमध्ये कोरोमन्डल एक्सप्रेसमा यात्रा गर्दै थिए।

दुर्घटनामा नेपालीहरूको मृत्यु भएको कुरा स्वतन्त्र रुपमा पुष्टि हुन भने बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad