ठगी गरेको आरोपमा बाबा शिवानन्द स्वामी नामले परिचित दीपक भण्डारी पक्राउ परेका छन्।
आफ्नो पहुँचका आधारमा चेक रिपब्लिक पठाइदिने भन्दै ५ जना युवाहरुलाई ठगी गरेको उजुरीपछि प्रहरीले भण्डारीलाई पक्राउ गरेको हो।
महानगरीय अपराध महाशाखाको टोलीले उजुरीको आधारमा सोमबार बिहान भण्डारीलाई पक्राउ गरेको हो। महाशाखाले ३० वर्षका भण्डारीले आफू तन्त्रविद्यामा सिद्ध भएको भन्दै सर्वसाधारणलाई भ्रमित बनाउँदै आएका थिए।
महाशाखा प्रमुख एसएसपी सहकुल थापाले उनीविरुद्ध पाँचजनाले उजुरी दिएको बताए। भण्डारीले ती युवालाई चेक रिपब्लिक पठाउन भन्दै ४० लाख रुपैयाँ भन्दा बढी रकम लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको थापाले बताए। उनले विस्तृत अनुसन्धान भइरहेको बताए।
प्रतिक्रिया