ad ad

समाज


बर्दियाको राजापुर नगरपालिकाका बालिकालाई एचपीभी खोप लगाइँदै

बर्दियाको राजापुर नगरपालिकाका बालिकालाई एचपीभी खोप लगाइँदै

नेपालखबर
जेठ १६, २०८० मंगलबार १९:९, काठमाडौँ

बर्दिया जिल्ला राजापुर नगरपालिकाका बालबालिकालाई पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउँने एचपीभी खोप लगाउन लागिएको छ।

बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीको नेतृत्वमा ९ वर्ष देखि १५ वर्ष उमेर सम्मका सरकारी विद्यालयमा अध्यनरत सय जना बालिकालाई पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने एचपीभी खोप उपलब्ध गराउने भएको छ।

अमेरिका  भ्रमणमा  रहेका  पाटन अस्पतालका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनको समन्वयमा सय जना बालिकालाई खोप लगाउन लागिएको डा शाहीले जानकारी दिए।

त्यस्तै डा शाहीलाई एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रीय समन्वय समितिको सचिवालयको निर्णय अनुसार अध्यक्ष माधब मरासिनीले क्यान्सर सचेतना अभियानका लागि ब्राण्ड एम्बेसडर (द्भावना दुत) नियुक्त गरेका हुन्। 

क्यालिफोर्नियामा एक कार्यक्रमको आयोजना गरी डा. शाहीलाई सोमबार सद्भावना दूत नियुक्त गर्नुका साथै सम्मानसमेत गरिएको छ। 

अध्यक्ष मरासिनीले डा शाहीको कामको सम्मान गर्दै थप सफलताको शुभकामना दिए।

साथै विश्वमा द्रुत गतिमा बढिरहेको क्यान्सर रोग निवारणको लागि गरिने अनुसन्धान, रोकथाम ,उपचारका लागि एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रिय समन्वय समितिको सधैं सहयोग सदभाव रहेने प्रतिबधता व्यक्त गरे।

यस्तै, महासचिव दिपेश लामाले आफ्नो छोरीलाई क्यान्सर रोग लागी अमेरिकामा उपचार गर्दाको अनुभव सेयर गर्दै नेपालमै आधुनिक स्तरको क्यान्सर अस्पताल खोल्न अत्यन्तै आवश्यक रहेको र त्यसको नेतृत्व लिनको लागि डा. शाही लाई आग्रह गरे।

अबको केहीवर्ष भित्र एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रिय समन्य समितिको पहलमा डा. शाहीले नेतृत्व लिने गरि सुविधा सम्पन्न क्यान्सर अस्पताल खोल्ने क्यालिफोर्नियामा आपसी समझदारी पत्रमा प्रथम पक्ष बाट अध्यक्ष महासचिब र दोस्रो पक्ष बाट डा अरुण शाही बिच सम्झौता भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .