समाज


रेशमको आममाफीविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, बुधबार पेसी

रेशमको आममाफीविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, बुधबार पेसी

नेपालखबर
जेठ १६, २०८० मंगलबार १६:४९, काठमाडौँ

टीकापुर घटनाका प्रमुख योजनाकार रुपमा तीनै तहका अदालतबाट दोषी ठहर रेशम चौधरीलाई सरकारले आममाफी दिएपछि असन्तुष्ट प्रहरी निरीक्षक केशव बोहराकी श्रीमतीले दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन्।

उनले दिएको उक्त रिट निवेदन दर्ता भएको हो। उक्त मुद्दाको पेसी भोलि (बुधबार)का लागि पेसी तोकिएको छ। सर्वोच्च अदालतलेसमेत जन्म कैदको फैसला गरेका टीकापुर घटनाका दोषी चौधरीले आममाफी पाइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .