ad ad

समाज


जीपको ठक्करबाट पढाउन हिँडेकी शिक्षिकाको मृत्यु

जीपको ठक्करबाट पढाउन हिँडेकी शिक्षिकाको मृत्यु

नेपालखबर
जेठ ११, २०८० बिहिबार १६:२६, काठमाडौँ

दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा  त्यसमा सवार  एक महिलाको  मृत्यु भएको छ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।

जीपको ठक्करबाट सख्त घाइते भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए।

आज (बिहीबार) बिहान १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नं को जीपले सोही दिशातर्फ गइरहेको रा ७ प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण  गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो। 

शिक्षिका सीता शान्तिनगरस्थित धनौरी माविमा पढाउँछिन्।

उनलाई विद्यालयमा जाने जाने क्रममा जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .