भारतले सरकारको अनुदान सहयोगमा थप दुई पूर्वाधार निर्माणका लागि सम्झौता भएको ।
भारतको आठ करोड ३३ लाख रुपैयाँ अनुदान सहयोगमा रामेछाप र डोटीमा दुई ठूला पूर्वाधार बन्न लागेका हुन्। यी पूर्वाधार निर्माणका लागि सम्झौता पनि भइसकेको छ।
यी दुई पूर्वाधार निर्माणका लागि भारतीय राजदूतावास र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार रामेछापको मालागिरी शान्ति योगाश्रम र डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस भवन बन्ने भएका हुन्।
यी दुई परियोजना रामेछाप नगरपालिका र डोटीको बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ भएको छ।
यी परियोजनाको निर्माणले स्थानीयवासीहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा तथा शैक्षिक सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने विश्वास भारत सरकाले गरेको छ।
Shares
प्रतिक्रिया