दोलखाको शैलुङ गाउँपालिका–७ स्थित चरणावती त्रिवेणीधामलाई धार्मिक एवं तीर्थाटनको रुपमा विकास र विस्तार गर्न श्रीमद् देवीभागवत नवाह ज्ञान महायज्ञ हुने भएको छ।
सोही स्थानमा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना समेत गर्नेगरी महायज्ञ आयोजना हुन लागेको बताइएको छ। महायज्ञमा विदुषी प्रा.डा. कान्ता भट्टराईले कथा वाचन गर्नेछिन्।
आगामी जेठ ७ देखि १५ गतेसम्म जेष्ठ नागरिक सेवा भवनको प्राङ्गण चरणावतीधाम महायज्ञ चल्नेछ।
महायज्ञको उद्घाटन वरिष्ठ संस्कृतिविद प्रा. डा. जगमान गुरुङले गर्नेछन्।
ठ १५ गते हुने समापनमा तिलार्पण, सम्मान, पूर्णाहुति जेष्ठ नागरिक सेवा भवनको प्राङ्गण चरणावतीधाममा हुने बताइएको छ।
36
Shares

प्रतिक्रिया