समाज


कांग्रेसका पूर्वसांसद शेर्पा दुई दिन हिरासतमा रहने

टाउकोमा ब्यान्डेज बाँधेर पुर्‍याइयो अदालत
कांग्रेसका पूर्वसांसद शेर्पा दुई दिन हिरासतमा रहने

सरकारी वकिलको कार्यालयमा आङटावा शेर्पा। तस्बिर : उजिर कार्की


नेपालखबर
जेठ २, २०८० मंगलबार १७:४९, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीले अनुमति पाएको छ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका थुनुवाहरुलाई भेटेपछि विवादमा मुछिएका उनले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालतमा उपस्थित गराएपछि थप दुई दिन हिरातसमा राख्ने म्याद मिलेको हो। 

शेर्पाले सोमबार साँझ उनले उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गएर आत्मसमर्पण गरेका थिए।

भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोपमा अदालतबाट उनीविरुद्ध पनि शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी हुनुपहिले नै फरार भएका शेर्पा आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए। 

उनीविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो। 

यो प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नपोल्न दबाब दिएको उनीमाथि आरोप थियो।

जिल्ला अदालत काठमाडौंबाट शुक्रबार नै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। तर शेर्पा त्यसअघि नै फरार थिए। यो प्रकरणमा ठूला नाम संलग्न भएको र पक्राउ पर्न थालेपछि उनी मोबाइल स्वीचअफ गरेर फरार थिए।

खासगरी शेर्पाले बालकृष्ण खाँणको नाम नलिन हिरासतमै पुगेर सानु भण्डारी र केशव दुलाललाई भेटेका थिए। उनले पीडितको रकम फिर्ता गरिदिने भन्दै खाँणलाई जोगाउन खोजेका थिए।

तर, प्रहरीले पूर्वगृहमन्त्री खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ। पछिल्लोपटक आइतबार राति नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन्। यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad