ad ad

समाज


मुकेशको परिवारलाई राष्ट्रपतिले पठाए शोक सन्देश

मुकेशको परिवारलाई राष्ट्रपतिले पठाए शोक सन्देश

नेपालखबर
जेठ १, २०८० सोमबार १३:४१, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो जनआन्दोलनमा घाइते भइ गत वैशाख २७ गते निधन भएका जिउँदो सहिद बनेपाका मुकेश कायस्थको परिवारमा दुःख व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलको तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेल, राष्ट्रपति पौडेलकी छोरी अबज्ञा पौडेल र प्रेस संयोजक खिला कार्कीले मुकेशको घरमा पुगेर दुःख व्यक्त गरेका थिए।

राष्ट्रपति पौडेलले सन्देश पठाउँदै मुकेश जस्ता योद्दाहरुको कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र सम्भव भएको र मुकेशको योगदानलाइ भावी पुस्ताले सम्झिरहने उल्लेख गरेका छन्।

त्यस्तै, बागमती प्रदेशका खनेपानी, सिंचाइ तथा ऊर्जामन्त्री तिर्थ लामाले मुकेशको योगदानलाई सरकारले उचित सम्बोधन गर्ने बताए।

बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलमार्फत सरकारको ध्यानाकर्षण गराउँदै सहिद घोषणा गर्न माग पत्र हस्तान्तरण गरे।

दोस्रो जनआन्दोलनमा घाइते भएका बनेपाका मुकेश कायस्थको वैशाख २७ गते बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो। त्यतिबेला उनी १४ वर्षका थिए। सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो। उनी १७ वर्ष १ महिना अचेत अवस्थामा रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .