ad ad

समाज


पर्सा बजारमा बस  दुर्घटना हुँदा ३१ जना घाइते

पर्सा बजारमा बस  दुर्घटना हुँदा ३१ जना घाइते

सांकेतिक तस्बिर


नेपालखबर
जेठ १, २०८० सोमबार ८:५, काठमाडौँ

पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।

कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो।

खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ। बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .