ad ad

कला


दीपकको व्यंग्य- आखिर टोपबहादुरजीको त्यत्रो भूमिगत अनुभवले पनि काम गरेन

दीपकको व्यंग्य- आखिर टोपबहादुरजीको त्यत्रो भूमिगत अनुभवले पनि काम गरेन

दीपकराज गिरी


नेपालखबर
जेठ १, २०८० सोमबार ८:२२, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि वैशाख २० देखि फरार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अन्ततः आइतबार साँझ काठमाडौंमै पक्राउ परे।

नेकपा एमालेका निलम्बित सचिव रायमाझी नेपालमा १० वर्ष सञ्चालन भएको माओवादी सशस्त्र युद्धमा सहभागीमध्ये एक शीर्ष नेता हुन्। 

दस वर्षसम्म भूमिगत जीवन बिताएर त्यत्रो युद्धबाट बच्न सफल रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा भने प्रहरीको पञ्जाबाट धेरै दिन जोगिन सकेनन्। 

यसैलाई अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले व्यंग्य गरेका छन्। त्यसो त कलाकार गिरीको पृष्ठभूमि व्यंग्यकार तथा हास्य कलाकार नै हो। 

टोपबहादुर रायमाझी पक्राउ परेपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आखिर टोपबहादुरजीको त्यत्रो भूमिगत भएको अनुभवले पनि काम गरेन।’  

२०७७ फागुन २३ गते सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा अवैध ठहर गरेपछि रायमाझी एमाले बनेका थिए। तर उक्त आरोप लागेपछि उनी एमालेबाट निलम्बन भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .