मकवानपुरको भीमफेदी गाउँपालिका-९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ।
गए राति वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार अघोर भन्ने ठाउँमा दुर्घटना हुँदा ४५ वर्षीय भारतीय नागरिक सन्तोष सल्वा कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाबाट गम्भीर घाइते भएका उनको शुक्रबार बिहान हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा भारत घर भएका अन्दाजी २४ वर्षीया गोपिकानन्द स्वामी र २३ वर्षीया लल्मी साहिटी घाइते भएका छन्। घाइतेमध्ये एक जना गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान सुरु गरेको छ।
3
Shares

प्रतिक्रिया