ad ad

समाज


डीएसपीको कोठामा चार घण्टादेखि चलिरहेछ बालकृष्णको बयान

डीएसपीको कोठामा चार घण्टादेखि चलिरहेछ बालकृष्णको बयान

काठमाडौं परिसरमा पूर्वगृहमन्त्री खाँण। तस्बिर : उजिर कार्की


नेपालखबर
बैशाख २७, २०८० बुधबार १४:२४, काठमाडौँ

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएर पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग जिल्ला प्रहरी परिसर काठमाडौंमा चार घण्टादेखि बयान चलिरहेको छ।

जरुरी पक्राउ पुर्जी दिएर चाबहिलको मैजुबहालस्थित निवासबाट समातिएका उनलाई अहिले टेकुस्थित परिसरका डीएसपीको कार्यकक्षमा राखेर बयान चलिरहेको छ।

उनलाई परिसरमा लगेलगत्तै प्रहरीले बयान थालेको थियो। ‘उहाँसँग चार घण्टादेखि बयान चलिरहेको छ,’ एक प्रहरी अधिकारीले भने, ‘उहाँमाथि लागेका आरोप र सचिव टेकनारायण पाण्डेको बयानसहितका विषयमा केन्द्रित भएर सोधपुछ जारी छ। उहाँ गृहमन्त्री हुँदा फेरबदल भएको भुटानी शरणार्थीको फाइलबारे पनि सोधपुछ चलिरहेको छ।’

खाँणलाई राखिएपछि प्रहरीले परिसरको मूलढोका नै बन्द गरेको थियो। प्रहरीले मैजुबहालबाट उनका सहयोगी नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो। 

यसैबीच नक्कली शरणार्थी प्रकरणमा जोडिएका सचिव टोपबहादुर रायमाझीलाई नेकपा एमालेले यो अनुसन्धान नसिकएसम्म निलम्बन गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .