ad ad

राजनीति


निर्मल लामालाई सम्झिँदै प्रचण्डले भने- उहाँलाई नै हेरेर आन्दोलनमा लागेका हौँ

निर्मल लामालाई सम्झिँदै प्रचण्डले भने- उहाँलाई नै हेरेर आन्दोलनमा लागेका हौँ

नेपालखबर
बैशाख २७, २०८० बुधबार १४:३४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले राम्रोबाहेक गर्दै नगर्ने दाबी गरेका छन्। 

वामपन्थी नेता निर्मल लामाको २३औं स्मृति दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले कुनै पनि नराम्रो काम नगर्ने जिकिर गरेका हुन्। 

प्रधानमन्त्री प्रचण्डले भने, ‘सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने अठोटका साथ अगाडि बढाएका छौं।’

प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धिका निम्ति इमान्दार क्रान्तिकारी, बुद्धिजीवी, नागरिक समाजलगायत आम श्रमिक जनसमुदायको साथ र सहयोग हुने विश्वास व्यक्त गर्दै त्यसका लागि सबैमा अपिल पनि गरे। 

उनले भने, ‘सुशासनका निम्ति हामी गम्भीर भएर जे अठोटका साथ अगाडि बढेका छौं। लामाजीलाई सम्झिँदै गर्दा उहाँको इमान्दारिता, क्रान्ति निष्ठा, सरलता र पारदर्शी हाम्रा लागि प्रेरणा बन्ने विश्वास व्यक्त गर्न चाहन्छु।’

सो अवसरमा प्रधानमन्त्रीले निर्मल लामासँगका स्मरण सुनाएका थिए। उनले भने, ‘उहाँहरुलाई नै हेरेर हामी आन्दोलनमा लागेको हो। लामाजीका सम्झनाका लागि थुप्रै प्रसंग छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .