ad ad

समाज


सधैँ जवान देखिन चाहनुहुन्छ? सक्दो हाँस्नुहोस्

सधैँ जवान देखिन चाहनुहुन्छ? सक्दो हाँस्नुहोस्

नेपालखबर
बैशाख २४, २०८० आइतबार १३:४८, काठमाडौँ

हँसिलो अनुहार कसलाई पो मन पर्दैन होला र! हाँस्दा मानिस सुन्दर त देखिन्छ नै, स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक हुन्छ। 

हास्नु मन, मस्तिष्क र मुटुका लागि निकै फाइदाजनक हुने स्वास्थ्य विज्ञ बताउँछन्। त्यसैले व्यायाम, योग गर्दा पनि हाँस्ने/हँसाउने गरिन्छ। 

आउनुहोस्, हाँस्दा स्वास्थ्यलाई के कस्ता फाइदा हुन्छन् त भन्ने विषयमा बुँदागत रूपमा जानौँ–

-हाँसोले निराशापन, तनाव, डिप्रेसन र थकान हटाउन मद्दत गर्छ। 

-हाँसोले छाती, पेटको मांसपेशी तथा मुटु, फोक्सोको व्यायाम गराउने भएकाले राम्रोसँग रक्तसञ्चार हुन्छ। 

-हाँस्दा लिइने गहिरो श्वासले वायुमार्ग थप खोल्न मद्दत गरी शरीरमा अक्सिजनको मात्रा बढाउँछ। 

-मानसिक तनावबाट राहत प्रमुख विकल्प भनेको हाँस्नु पनि हो। 

-हाँसोले कोर्टिसोल र एपिनेफ्रिनजस्ता तनाव गराउने हार्मोनमा कमी ल्याउँछ।

-हाँसोले निद्रा लगाउने औषधिको काम पनि गर्छ। हाँस्दा निस्किने मेलेटनोन नामक रासायनिक पदार्थले राम्रो निद्रा लाग्न मद्दत गर्छ। 

-नियमित हाँस्दा रोग  प्रतिरोधी क्षमता सुधारमा सहयोग पुग्छ। 

-हाँसो मुटुको स्वास्थ्यका लागि फाइदाजनक छ भने यसले उच्च रक्तचाप घटाउन पनि मद्दत गर्छ। 

-हाँसोले मानिसलाई सधैँ जवान देखाउन मद्दत गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .