ad ad

समाज


सुडानबाट १३ नेपाली साउदी सरकारको सहयोगमा स्वदेश आइपुगे

सुडानबाट १३ नेपाली साउदी सरकारको सहयोगमा स्वदेश आइपुगे

नेपालखबर
बैशाख २१, २०८० बिहिबार २०:१, काठमाडौँ

समस्याग्रस्त सुडानबाट १३ जना नेपाली स्वदेश आइपुगेका छन्।

सुडानमा रहेका नेपाली नागरिकहरुको सकुशल उद्धार तथा घर फिर्तीका लागि कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जनामध्ये साउदी अरेबिया सरकारको सहयोगमा जेद्दा पुर्याइएका १९ जनामा १३ जना नेपाल आइपुगेका हुन्।

६ जना रोजगारदाता कम्पनीको संयुक्त अरब इमिरेट्सको दुवइस्थित शाखामा स्थानान्तरण भएका परराष्ट्र मन्त्रालयले जनाएको छ। चिनियाँ कम्पनीमा कार्यरत १ जना नेपाली नागरिकको चीन सरकारको सहयोगमा यसअघि नै उद्धार भैसकेको छ।

अन्य १२ जना मध्ये ९ जना नेपाली नागरिकहरु भारत सरकारको सहयोगमा आज पोर्ट सुडानबाट हवाइमार्ग हुँदै भारतको अहमदावादका लागि प्रस्थान गरेका छन्।

स्वेच्छाले सुडानमै रहेका ३ जनामध्ये रोजगारदाता कम्पनीको प्रबन्धमा १ जना पोर्ट सुडानमा र २ जना सुडान–इजिप्टको सिमाना नजिक सुरक्षित रहेका छन्। उक्त तीनै जना नेपाली नागरिकहरु कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका छन्।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरुको यसअघि नै सुरक्षित स्थानमा उद्धार भैसकेको छ।

सुडानमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्यमा परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दास्थित नेपाली नियोगहरुबाट सक्रिय रुपमा समन्वय र सहजीकरण भएको परराष्ट्रले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .