समाज


चितवनका व्यवसायी कँडेल कार्यालयभित्रै मृत फेला

चितवनका व्यवसायी कँडेल कार्यालयभित्रै मृत फेला

मृत फेला परेका चितवनका व्यवसायी शंकर कँडेल।


नेपालखबर
बैशाख १९, २०८० मंगलबार २१:४, काठमाडौँ

चितवनका व्यवसायी शंकर कँडेल कोठाभित्र मृत फेला परेका छन्। 

मंगलबार (वैशाख १९) साँझ भरतपुर–३ स्थित आफ्नै घरमा रहेको अफिस कोठामा उनी मृत फेला परेका हुन्। प्रहरीका अनुसार उनी झुण्डिएको अवस्थामा फेला परेका थिए।

यसबारेमा थप अनुसन्धान भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए। कँडेल नेपाली कांग्रेस चितवनका पूर्व कोषाध्यक्ष हुन्। उनी अहिले कांग्रेस महासमिति सदस्य छन्। 

चितवनमा कँडेलले अनमोलन फिड्स उद्योग सञ्चालन गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .