ad ad

समाज


काठमाडौंका विद्यालयको नाममा अब ‘नेपालीपन’ झल्किनुपर्ने

इन्टरनेसनल जोड्न एकतिहाइ विदेशी विद्यार्थी हुनुपर्ने
काठमाडौंका विद्यालयको नाममा अब ‘नेपालीपन’ झल्किनुपर्ने

नेपालखबर
बैशाख १७, २०८० आइतबार ८:४२, काठमाडौँ

काठमाडौं महानगरपालिकाले विद्यालयको नाम र चिह्नका बारेमा एकरूपता ल्याउने गरी विद्यालय शिक्षा व्यवस्थापन नियमावली संशोधन गरेको छ।

नगर शिक्षा नियमावली २०७४ को नियम ६९ र ७० को उपनियम १ र २ ले विद्यालयको चिह्न षट्कोण हुनुपर्न् र नाम समाज तथा राष्ट्रकै लागि योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवीदेवता, तीर्थस्थल वा प्राकृतिक सम्पदाको नामअनुसार राख्नुपर्ने महानगरपालिकाका मेयर बालेन्द्र शाहले जनाएका छन्।

तर यो उपनियम लागू हुनुअगावै उक्त नियमविपरीतका शब्द जोडेर नामकरण भइसकेका विद्यालयको हकमा भने यो नियमावली जारी भएपछिको दोस्रो शैक्षिक–सत्रको सुरु देखिलागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामकरण गर्नुपर्ने उनले बताएका छन्।

यस्तो छ नियमावली संशोधनपछि मेयर बालेन्द्रले गरेको अपिल
२०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ ले विद्यालयको नाम र चिह्नका बारेमा एकरुपता ल्याउन खोजेको छ। 

जानकारीका लागि :

६९. विद्यालयको चिह्न: विद्यालयको चिह्न षट्कोणको हुनेछ। विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिह्न राख्न सक्नेछ। 

७०. विद्यालयको नामकरण: (१) समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्नेछ। 

तर यो नियम प्रारम्भ हुनुभन्दा अगाबै यस नियम विपरीत नामकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखिनै लागू हुनेगरी पुनःनामकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने छ। 

(२) कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तिमा एकतिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ, कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शब्द जोड्न चाहेमा कम्तीमा एकतिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ।

विद्यालयको नामको अन्तमा विद्यालय स्कुल वा पाठशाला शब्द जोडिएको हुनुपर्नेछ। 

तर यो उपनियम लागू हुनुअगावै यस नियम विपरीतका शव्दहरू जोडेर नामकरण भै सकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोश्रो शैक्षिक–सत्रको सुरु देखि नै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामकरण गर्नुपर्नेछे

यसैले यी नियमको पालना गर्दै विद्यालयको चिह्न र नाममा एकरुपता ल्याएर मौलिक र मापदण्ड अनुरुप रहन आग्रह गर्दछौँ। नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने व्यहोरा जानकारी गराउँदछौँ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .