ad ad

समाज


बाजुराका सीडीओ– भूकम्पले क्षतिको कुनै खबर आएको छैन, वडा नम्बर २ मा फोन सम्पर्क हुन सकेको छैन

बाजुराका सीडीओ– भूकम्पले क्षतिको कुनै खबर आएको छैन, वडा नम्बर २ मा फोन सम्पर्क हुन सकेको छैन

फाइल तस्बिर : बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का


नेपालखबर
बैशाख १५, २०८० शुक्रबार ७:२१, काठमाडौँ

बाजुरा केन्द्रबिन्दु भएर शुक्रबार राति दुईपटक भूकम्प गएका छन्। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको दहकोट केन्द्रबिन्दु भएर राति ११:५८ बजे  ४.९ म्याग्निच्युड र पुनः १:३० बजे ५.९ म्याग्निच्युडका भूकम्प गएका हुन्। 

यसैबीच बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पुष्कर खड्काले अहिले (शुक्रबार बिहान ७ बजे) सम्म भूकम्पका कारण क्षतिका कुनै खबर नआएको बताएका छन्। 

तर भूकम्पको केन्द्रबिन्दु दहकोट पर्ने गौमूल गाउँपालिका वडा नम्बर २ मा भने अहिलेसम्म फोन सम्पर्क हुन नसकेको उनले बताए। यसबाहेक अन्य स्थानमा क्षतिको कुनै खबर नआएको उनको भनाइ छ। 

नेपालखबरको जिज्ञासामा बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भनेका कुरा जस्ताको तस्तै–  

‘जुन भूकम्प मापन केन्द्र (सुर्खेत) मा सम्पर्क गर्दा उहाँहरूले दहकोट भनेको अहिलेको गौमूल गाउँपालिका हो, त्यहाँबाट कुनै पनि त्यस्तो (क्षति)  खबरहरू आछैन, त्यहाँका उपाध्यक्षज्यूलाई फोन गरेको फोन उठेको छैन, अनि त्यहाँ एकजना पत्रकारलाई फोन सम्पर्क गरेँ, उहाँले वडा नम्बर २ मा चाहिँ फोन सम्पर्क हुन सकेको छैन, यसबाहेक अन्यबाट क्षतिको खबर आएको छैन, भन्नुभयो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .