सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीले ईटहरी उपमहानगरपालिका १२ बस्ने १८ वर्षीय सुरेश लिम्बु र १७ वर्षीय विकास मण्डललाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट ४ लाख ३४ हजार ७ सय २० नेपाली रुपैयाँ र ५९ हजार ६ सय १० भारतीय रुपैयाँ बरामद भएको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर (बिओपी हरिपुर)ले उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको सशस्त्रले जनाएको छ।
69
Shares
प्रतिक्रिया