ad ad

समाज


महोत्तरीमा विद्यालयभित्रै मदिरा पार्टी, संलग्न शिक्षकलाई कानुनी कारबाही गरिने

महोत्तरीमा विद्यालयभित्रै मदिरा पार्टी, संलग्न शिक्षकलाई कानुनी कारबाही गरिने

नेपालखबर
पुस २३, २०७६ बुधबार ७:१९,

महोत्तरीको गौशाला नगरपालिका–३ स्थित जनता आधारभूत विद्यालय नवराजपुरको हाताभित्र यही पुस १६ गतेका दिन अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा मदिरा पार्टी गरेको खबर सार्वजनिक भएपछि नगरपालिकाले कानूनी कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ।

उक्त पार्टीमा संलग्न शिक्षकलाई कानूनअनुसार कारबाही गरिने भएको छ।

सार्वजनिक बिदाका दिन विद्यालयजस्तो पवित्रस्थलमा मदिरा पार्टी गरेको भन्दै नगरपालिकाले भोजमा संलग्नलाई कानूनअनुसार कारबाही गर्ने निर्णय गरेको छ। जानकारी लगत्तै मंगलबार विद्यालय पुगेका नगर प्रमुख शिवनाथ महतो, नगरपालिकाका कर्मचारी, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सम्मिलित बैठकले कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको नगरपालिकाका कर्मचारी धर्मराज बस्नेतले बताए।

भोज गरिएको घटनाको एक हप्ता बित्दासमेत विद्यालयको हाताभित्र खाली मदिराका वोतल, खाना खाएका जुठा प्लेट, फोहरले विद्यालयको वातावरण प्रदूषित भएको पाइएको थियो। अनुगमनका क्रममा सञ्चारकर्मीसहितको टोली घटनास्थलमा पुग्दा मदिराका खाली बोतलको छेउमा ससाना विद्यार्थी खुला चौरमा अध्ययन गर्नका व्यस्त रहेका थिए।

सो भोजमा विद्यालयमा दिवा खाजाका लागि प्रयोग गरिने भाडावर्तन पनि प्रयोग गरिएका खुलासा भएको थियो। भोजका क्रममा भाइरल भएको भिडियोमा मदिरा सेवन गरी लठ्ठ भएका शिक्षकले असभ्यताको हद पार गरेको पाइएको छ। कोही खानमा व्यस्त त कोही भोजपुरी अश्लिल गीतमा नृत्य गर्दै आएका भेटिएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .