काठमाडौंमा दुबईका लागि उडेको विमानमा आगो देखिएछि आकस्मिक अवतरण गर्ने प्रयास जारी छ।
सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजको इन्जिनमा आगो देखिएपछि अवतरण गराउन लागिएको हो।
विमानस्थलबाट उड्नेबित्तिकै इन्जिनमा आगलागी भएको थियो। इन्जिनमा आगो देखिएपछि अहिले अवतरण गराउने तयारी भएको सुरक्षा स्रोतले जानकारी दिएको छ।
उक्त जहाज काठमाडौंबाट दुबईका लागि ९ः२३ मा उडेको थियो।
यसबारे विस्तृत विवरण आउन बाँकी छ।
भिडिओः
783
Shares

प्रतिक्रिया