ad ad

समाज


खोप लगाउन छुटेका बालबालिकाका लागि अभियान सञ्चालन हुँदै

कहिले-कहिले लगाउने खोप?
खोप लगाउन छुटेका बालबालिकाका लागि अभियान सञ्चालन हुँदै

नेपालखबर
बैशाख १०, २०८० आइतबार १३:४९, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले नियमित खोप लगाउन छुटका बालबालिकालाई अभियान संचालन गरेर खोप लगाउने भएको छ।

वैशाख ११ देखि १७ गतेसम्म नियमित खोप छुटका बालबालिकालाई खोप प्रदान गर्नका लागि  खोप सप्ताह संचालन गर्न लागिएको परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए। 

उनका अनुसार खोप सप्ताह अन्तर्गत नियमित रुपमा वैशाख १५ र ३१ गते देशभर लगाइने छ। 

‘कोही पनि बालबालिका खोप लगाउन बाट नछुटुन् भन्नका लागि खोप अभियान संचालन गरिएको हो’, उनले भने, ‘त्यसका लागि स्थानीय तह र विद्यालयसग पनि समन्वय गरेका छौँ।’

नेपालमा राष्ट्रिय खोप अभियान अन्तर्गत १३ प्रकारका रोगविरुद्धको खोप निःशुल्क लगाइन्छ।

विभिन्न प्रकारका रोग अपागंता र मृत्युबाट बचाउनका लागि जन्मिए देखि पाँच बर्षसम्मका बाललालिकालाई खोप लगाइने डा गौतमले बताए।

९५ प्रतिशत बालबालिकामा खोपको कभरेज पुर्‍याइने लक्ष्य रहेको खोप शाखाका अधिकृत भरत भण्डारीले जानकारी दिए।

‘नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले अपूर्ण खोप र ४ प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन्’ उनले भने। 

खोप लगाउन छुट भएका सबै बालबालिकालाई खोप लगाई नेपाललाई पूर्ण खोप रहेको सुनिश्चित गर्नका लागि अभियान संचालन गर्न थालिएको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेकुकुमार लालले जानकारी दिए। 

केही जिल्लामा खोप छुट बच्चाको संख्या बढदै गई दादुरा रुवेलाको महामारी समेत देखा परेकोले मन्त्रालयले खोप सप्ताह अन्तर्गत वैशाख महिनाभरी सबै बालबालिका खोप दिने बताएका छ।

कुन खोप कहिले लगाउने? 
भविष्यमा लाग्न सक्ने सम्भावित रोगबाट जोगाउन खोप लगाउने गरिन्छ। नेपालमा खोपको सुरुवात २०२४ सालबाट गरिएको हो।

बीसीजी 
शिशु जन्मने वित्तिकै सुरुमा बिसीजी खोप लगाइन्छ। यसले  बालबालिकालाई क्षयरोगको प्रभावबाट बचाउने गर्छ। यो खोप शिशु जन्मिएको २४ देखि ७२ घण्टा भित्र लगाउनुपर्छ। 

डिपीटी (हेप बि–हिब)
यो खोप शिशुहरू जन्मिएको ६ हप्ता १० र १४ हप्ता गरेर  तीन पटक लगाइन्छ। पाचँ वटा रोगका बिरुद्ध लड्नका लागि यो खोप लगाइन्छ। 

डिपीटी खोप भन्नाले भ्यागुते रोग बिरुद्धको खोप लाई बुझाउँछ। पी भन्नाले लहरे खोकि, टी ले धनुषटंकार रोग भन्ने बुझिन्छ। त्यस्तै यो खोपले मेनिन्जाइटिस र निमोनियाबाट पनि जोगाउँछ।

पिसीभी
यो खोप ६ हप्ता, १० र ९ महिनाको उमेरमा दिइन्छ। यो तीन पटक दिइन्छ। 

पोलियो
पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ। पोलियो विरुद्ध मुखबाट दिइने भ्याक्सिनलाई बुझ्न सकिन्छ। यो तीन पटक दिइन्छ।

एमआर
९ महिना र १५ महिनाको  उमेरमा यो खोप लगाईन्छ। यस खोपले  दादुरा र रुवेलाबा बचाउँन मद्दत गर्छ।

जापानिज इन्सेफलाइटिस्
यो खोप शिशु १२ महिना पुगेपछि दिइन्छ। यसले जापानिज इन्सेफलाइटिसबाट बचाउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .