पहिरो रोकथामका लागि दिउसो आंशिक रुपमा बन्द गरेर काम चलिरहेको मुग्लिन–नारायणघाट सडकको बन्द बिहीबारसम्मलाई थपिएको छ। काम सम्पन्न नभएपछि नारायाणघाट मुग्लिन सडक आयोजनाले पुस २४ गतेसम्मका लागि समय थपेको हो।
यो अवधिमा बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म यातायातका साधन चलाउन पाइने छैन। यो अवधिमा नारायणघाट तर्फबाट छिर्ने यात्रुवहास बस, मिनीबस, साना सवारी आदीलाई पन्ध्रकिलोमा र मग्लिनबाट काठमाडौंतर्फ आउने सवारीलाई मुग्लिन बजारमा र पोखरातर्फ आउने सवारी साधनलाई बेनिटारमा रोकिने छ।
यस्तै, ट्रकलगायत मालबहाक सवारी नारायणघाटतर्फ छिरेकालाई दासढुंगामा तथा मुग्लिनबाट पोखरा तर्फकालाई आँबुखैरेनीमा र काठमाडौंतर्फकालाई लेवाटारमा रोकिनेछ।
3
Shares

प्रतिक्रिया