समाज


एक दिने नर्सिङ सम्मेलन काठमाडौंमा सम्पन्न

एक दिने नर्सिङ सम्मेलन काठमाडौंमा सम्पन्न

नेपालखबर
बैशाख ८, २०८० शुक्रबार २०:५२, काठमाडौँ

नेशनल नर्सिङ सम्मेलन सम्पन्न भएको छ। राजधानीको एक होटलमा नर्सिङ क्लब नेपाल र युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्को आयोजनामा नेशनल नर्सिङ सम्मेलन ‘नेतृत्वको रुपान्तरण तथा युवा र सक्षम नेतृत्वको विकास’ भन्ने मुख्य नारा सहित सम्मेलन सम्पन्न भएको हो। 

सम्मेलनलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री झलनाथ खनालले नीति, व्यवस्थापन र नयाँ उदेश्य राखेर जनशक्ति उत्पादन गर्नुपर्ने स्थानमा सरकारको चुकेको बताए।

उनले स्वास्थ्यको क्षेत्रमा पछिल्लो पाँच बर्षमा गर्नुपर्ने रिभोलुसन हुन नसकेको बताए 

सम्मेलनमा कान्तिबाल अस्पतालकी नर्सिङ निर्देशक रोशनी लक्ष्मी तुईतुईले देशमा करोडौँ लगानी गरेर उत्पादन गरेका दक्ष जनशक्ति लैजाने देशले क्षतिपूर्ति दिएर लैजानुपर्ने बताइन्।

नर्सिङ क्लब नेपालका अध्यक्ष विमला सुब्बाले दुर्गम वा सहरी क्षेत्रमा उत्तिकै आवश्यकता पर्ने नर्सिङ सेवा सेवामुखी र अब्बल जनशक्तिका रूपमा विकास गर्न यस्तो सम्मेलन महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सम्मेलनले नर्सिङ पेसामा आबद्ध नर्सको  उच्च आत्मबल बढ्ने र स्वदेशमै बसेर सम्मानित पेसाको रूपमा निरन्तर काम गर्ने प्रेरणा मिल्ने जिकिर गरे।

काठमाडाैं मोडेल अस्पतालका क्याम्पस प्रमुख सुमिता पाठक अनुसार अहिले पढिरहेका नर्सहरु विदेश जाने गरेका छन्। नर्सहरु नेपालबाट सबैभन्दा बढी अष्ट्रेलिया, क्यानडा न्युजल्याड, अमेरिका र बेलायत बढी जाने गरेका उनले बताए।

आर्मी अस्पतालकी नसिंङ्घ प्रमुख सानुमाया श्रेष्ठले सरकारले खाली रहेका दरबन्दीलाई पुर्ति गरेमा नर्स विदेश जानेक्रम केही रोक्न सकिने बताइन्।

सरकारको तथ्याकंमा एक नर्सले ४ देखि ६ जना बिरामी हेर्नुपर्ने भनिए पनि तर त्यो नरहेको उनको भनाई छ।

सम्मेलनमा युवा नेतृत्वको विकास, नर्सिङ पेशाको विकास, नर्सिङलाई कसरी सशक्त बनाउन सकिन्छ, नसर्ने रोगको नियन्त्रण लगायत विषय माथि समूहगत छलफल र प्रस्तुती भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad