ad ad

समाज


वैदेशिक रोजगारीमा रहेकी युवतीको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारीमा रहेकी युवतीको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १८:५६, काठमाडौँ

फेक आइडी बनाएर वैदेशिक रोजगारीमा रहेकी युवतीको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–शंखु बस्ने वर्ष २६ को मिनबहादुर लामा रहेका छन्।

लामाले ती युवतीसहित अन्य महिलाहरूको गोप्य अंग देखाइएको अश्लील तस्विरहरू अपलोड/पोष्ट गर्नुका साथै फेसबुक म्यासेञ्जरबाट पनि तस्विरहरु पठाउने गरेका थिए। 

पीडित युवतीकी बहिनीले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन्। उनले आफ्नी दिदीले प्रयोग गर्दै आइरहेको सामाजिक सञ्जाल फेसबुकमा अश्लील म्यासेज पठाई मानसिक तनाव, दुःख हैरानी दिई चरित्र हत्या गरेको बताएपछि प्रहरीले उनको खोजी गरेको थियो।

बिहीबार पक्राउ परेका लामा उपर विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसूरमा आज जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .