समाज


रत्नपार्कमा मिटरब्याजी पीडितमाथि दमन, सहायक प्रजिअ नेतृत्वमा छानबिन समिति

रत्नपार्कमा मिटरब्याजी पीडितमाथि दमन, सहायक प्रजिअ नेतृत्वमा छानबिन समिति

शान्तिबाटिकामा सोमबार दमनमा उत्रिएको प्रहरी। तस्बिर : नेपालखबर


नेपालखबर
बैशाख ५, २०८० मंगलबार १५:३८, काठमाडौँ

काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा मिटरब्याजी पीडितमाथि सोमबार प्रहरीले गरेको दमनबारे छानबिन हुने भएको छ। 

शान्ति वाटिकामा सोमबार प्रहरीले गरेको दमनबारे छानबिनका लागि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको हो।

सोमबार प्रदर्शनमा निस्किएकामध्ये ३० जना पीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएर लाठी बर्साएको थियो। त्यसक्रममा केही पीडितहरुको टाउको फुटेको थियो भने अन्य पनि घाइते भएका थिए।

सिंहदरबार वरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएको थियो। 

यसलाई लिएर पीडितहरुले मंगलबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन्।

उता मंगलबार नै बसेको संसद बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनसहितले सरकारको कडा आलोचना गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .