ad ad

समाज


लिक भएपछि सामाजिक सञ्जालका ३२ अकाउन्टविरुद्ध ‘जारी’ निर्माताले दिए उजुरी

लिक भएपछि सामाजिक सञ्जालका ३२ अकाउन्टविरुद्ध  ‘जारी’ निर्माताले दिए उजुरी

नेपालखबर
बैशाख ३, २०८० आइतबार १२:५०, काठमाडौँ

नेपाली चलचित्र जारी लिक भएपछि निर्माता मणिराम पोखरेलले ३२ वटा सामाजिक सञ्जालका अकाउन्टविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएका छन्।

आइतबार प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी पुगेर अनुसन्धानका लागि उनले उजुरी दिएका हुन्।

उनले टिकटक, युट्युब र फेसबुकसहित केही व्यक्तिको नाम नै उल्लेख गरी कारवाहीका लागि निवेदन दिएका हुन्।

चलचित्र रिलिज भएकै दिन वैशाख १ गते राति एक युट्युब च्यानलमा फिल्म लिक भएको थियो। अप्रिल १४ नामक युट्युब च्यानलमा फिल्मको पूर्ण फुटेज लिक भएकोमा अहिले भने उक्त भिडियो हटाइएको छ। युट्युबमा १ घण्टा ४१ मिनेट लामो हलबाट खिचिएको फुटेज लिक भएकोपछि भिडियो क्लिपहरू टिकटक र फेसबुकमा पनि हालिएका छन्। 

नयाँ वर्षदेखि प्रदर्शनमा आएको यस चलचित्रले पहिलो दिन सुखद व्यापार गरेको थियो। पहिलो दिन आक्रामक व्यापार गरेको जारीले दोस्रो दिन पनि हल हाउसफुल देखिएको छ। समीक्षकहरूबीच राम्रो चर्चा पाइरहेको यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल र रोयदीपको मुख्य भूमिका छ।

चलचित्रको लेखन तथा निर्देशन उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्। लिम्बू समुदायमा विद्यमान जारी प्रथा, विवाह संस्कृति र पारिवारिक कथावस्तु चलचित्रमा देखाइएको छ।

हाँसो र आँसुलाई काव्यात्मक ढंगमा पेश गरिएको चलचित्रमा सम्बन्धमा आउने दरार र पितृसत्तात्मक समाजमा नारीले भोग्नुपर्ने उत्पीडनलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .