ad ad

समाज


सिरहामा हात्तीको आक्रमणबाट एकको मृत्यु, ३ घर भत्कायो

सिरहामा हात्तीको आक्रमणबाट एकको मृत्यु, ३ घर भत्कायो

फाइल तस्वीर


नेपालखबर
बैशाख २, २०८० शनिबार १०:६, काठमाडौँ

सिरहामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

शुक्रबार गोलबजार नगरपालिका–३ बस्ने ७४ वर्षीय तुलबहादुर आलेमगरको घरनजिकै हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो।

छिमेकी हर्कमान राईसहित चार जना राति साढे १० बजे नाच हेर्नका लागि घरबाहिर निस्केका थिए। घरबाट निस्केलगत्तै गाउँमा पसेको जंगली हात्तीले उनीहरूमाथि आक्रमण गरेको थियो । 

तीन जना भागेर ज्यान जोगाउन सफल भएपनि उनी भाग्न सकेनन्।

यसैगरी हात्तीले विजय पासवान, सानो पासवान र टोकन पासवानको घर पनि भत्काएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .