राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो कार्यकालको पहिलो ३० दिन पूरा गरेका छन्।
गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेलले यसबीचमा बधाई लिँदै देशको राजनीतिक र आर्थिक सवालमा पनि चासो राखेका छन्।
महाराजगञ्जस्थित राष्ट्रपति निवासलाई उनले हरियालीयुक्त बनाउन पनि चासो राखेको उनको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार राष्ट्रपति पौडेलले निवास परिसरलाई बोटविरुवाले हरियाली बनाउन पनि निर्देशन दिएका छन्।
उनले निवासमा रहँदा हिँडडुल गर्ने कम्पाउण्डका बोटविरुवाबारे चासो राखेर आफैँ रेखदेख गर्ने गरेका छन्।
उनले निवासको पश्चिमतर्फ पोखरी र त्यसको डिलमा वर-पिपल रोप्न मिल्ने चौतारी बनाउन पनि राष्ट्रपति कार्यालयलाई निर्देशन दिएका छन्।
सचिवालयले राष्ट्रपति प्रकृतिप्रेमी रहेको पनि जनाएको छ।
834
Shares
प्रतिक्रिया