कारोबार


मेगा बैंकको नयाँ बचत खाता योजना

मेगा बैंकको नयाँ बचत खाता योजना

नेपालखबर
पुस २१, २०७६ सोमबार १२:१२,

मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ ।

ग्राहकहरुकै अटुट विश्वासका कारण बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अवसरमा मेगा बैंकले ग्राहकहरुलाई धन्यवाद स्वरुप ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको हो।

६.५ प्रतिशत आकर्षक ब्याज पाइने यो बचत खातामा ग्राहकहरुलाई १७ वटा आकर्षक सुविधा तथा छुटहरुको व्यवस्था गरिएको छ । यसैगरी, मोबाइल बैंकिङ र डेबिट कार्ड निशुल्क रुपमा जारी गरिने र क्रेडिट कार्ड जारी गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । यो बचत योजनाले ग्राहकहरुको विश्वासलाई थप प्रगाढ बनाउने बैंकले जनाएको छ।

ग्राहकहरुलाई आकर्षक एवं नविनतम सुविधाहरु प्रदान गर्दै मेगा बैंकले ‘मेगा माया बचत खाता’को २०२० संस्करण पनि ल्याएको छ।

नियमित बचतसँगै स्वास्थ्य र जीवन सुरक्षाको पनि अनुभूति गराउने उद्देश्यले मेगा बैंकले ल्याएको यस योजनामा सम्बन्धित ग्राहकको १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको प्राणघातक रोगहरुको बीमा र १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमाको व्यवस्था बैंक आफैँले बीमा प्रिमियम शुल्क व्यहोर्ने गरी बीमा प्रदायक कम्पनी नेको इन्स्योरेन्समार्फत गर्ने भएको छ। आकर्षक ब्याजदर रहेको यस बचत योजनामा ग्राहकहरुले मोबाइल बैंकिङ र डेबिट कार्ड निःशुल्क रुपमा पाउने छन् भने क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका अहिले देशभर १११ शाखा, २० एक्सटेन्सन काउन्टर, ११४ एटिएम, ११९ शाखारहित बैंकिङ केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिटको सञ्जाल रहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad