समाज


लाखौँ नगदसहित पक्राउ परे चार हुन्डी कारोबारी

लाखौँ नगदसहित पक्राउ परे चार हुन्डी कारोबारी

नेपालखबर
पुस २१, २०७६ सोमबार ११:५२,

प्रहरीको अपराध महाशाखाको टोलीले चार जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ। गैरकानुनी हुन्डीको कारोबारमा संलग्नलाई सोमबार उपत्यकाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

इजोन पसलको सेल्स स्टाफ गोपाल अग्रवाल, सोही पसलका कर्मचारी भोला नेपाल, एनएस ट्रेडर्स भोटेबहालका सञ्चालक कमल अग्रवाल र जयदुर्गा ट्रेड इन्टरनेशनलका सञ्चालक नारायण कुमार अग्रवाललाई नगदसहित पक्राउ परेका हुन्।

चार जनाको साथबाट प्रहरीले १३ लाख ५२ हजार नगद, ७८ लाख ९९ हजार चेक रकम, ९२ लाख ५१ हजार नगद र चेक बरामद गरेको जनाएको छ। उनीहरुले ह्वाट्स एप र विच्याट एपमार्फत हुन्डी कारोबार गरिरहेको खुलेको छ।

चारै जनाविरुद्ध अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ। थप कारबाहीको लागि उनीहरुलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइने प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .