समाज


वायु प्रदूषण अत्यधिक बढ्यो, सकेसम्म घरबाहिर ननिस्किनू : वातावरण विभाग

वायु प्रदूषण अत्यधिक बढ्यो, सकेसम्म घरबाहिर ननिस्किनू : वातावरण विभाग

नेपालखबर
चैत २९, २०७९ बुधबार २०:२५, काठमाडौँ

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले काठमाडौँ उपत्यकासहित देशका मध्य र पूर्वी भागमा वायु प्रदूषण अत्यधिक बढेकाले सकेसम्म घरबाहिर ननिस्किन सुझाव दिएको छ। घरबाहिर निस्किनै परे विशेष सावधानी अपनाउन विभागले नागरिकमा अपिल गरेको छ। 

विभागका अनुसार केही दिनदेखि बारा, पर्सा, चितवनलगायत देशभर १४० भन्दा बढी स्थानमा लागेको डढेलो र प्रदूषणका स्थानिय स्रोतका कारण वायु प्रदूषण बढेको हो। यसमा पनि बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको पाइएको विभागले जनाएको छ। 

‘प्रदूषणको बढ्दो स्तरका कारण तपाईं-हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्ने र विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामीह बढी प्रभावित हुने भएकोले सकेसम्म घरबाहिर ननिस्किनु हुन र सबै नागरिकले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउनु हुन वातावरण विभाग हार्दिक अपिल गर्दछ’, विभागले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

साथै विभागले वनमा लागेको डढेलो नियन्त्रणका लागि सरोकारवाला निकायहरूसँग हातेमालो गर्न आम समुदायलाई आह्वान पनि गरेको छ।

विभागले अगाडि भनेको छ, ‘फोहोरजन्य वस्तु बाल्दा वायु प्रदूषण झनै बढ्ने भएकोले यस्तो कार्य नगरिदिनुहुन अनुरोध गरिन्छ। वायु प्रदूषण मौसममा पनि भरपर्ने र डढेलोको अवस्था यस्तै भइरहेमा उच्च प्रदूषणको जोखिम रहिरहने हुनाले विशेष सावधानी अपनाउनु हुन आम सर्वसाधारण सबैमा हार्दिक अनुरोध गरिन्छ।’

थप जानकारी विभागको वेभसाइट www.pollution gov.np बाट प्राप्त गर्न सकिने जानकारी दिइएको छ। 

हेर्नुहोस् विज्ञप्ति-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .