आफैले संरक्षण दिएकी बालिकालाई बलात्कार गरेको अभियोगमा व्यवसायी सुशील चटौतलाई १८ वर्ष कैद सुनाइएको छ।
जिल्ला अदालत ललितपुरले उनलाई दोषि ठहर गरेको थियो। जिल्ला अदालत ललितपुरकी न्यायाधीश सीता अधिकारीको इजलासले १८ वर्ष एक महिना कैद सजाय सुनाएको हो।
कन्चनपुरका व्यवसायी चटौतबाट पीडितलाई ८ लाख क्षतिपूर्ति भराउने पनि फैसला भएको छ। उक्त कसुरमा उनलाई १८ देखि २० वर्ष कैद सजाय माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले गत वैशाख ११ गते मुद्दा दायर गरेको थियो।
कन्चनपुर घर भई हाल ललितपुरको इमाडोलस्थित ग्रिनहिल सिटीमा बस्ने चटौतले आफ्नै संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग थियो।
चटौत हाइड्रोपावर, निर्माण, यातायात, होटलजस्ता व्यवसायमा संलग्न छन्।
यो मुद्दामा बालिकाले अदालतमा बयान फेरेकी थिइन्। तर उनलाई बयान फेर्न बाध्य पारिएको आरोप लाग्दै आएको थियो।
बालिकाले बयान फेरे पनि अदालतले चटौतलाई दोषि ठहर गर्दै सजाय सुनाएको हो।
Shares
प्रतिक्रिया