ad ad

समाज


सन्दीपविरुद्धको मुद्दा फैसलाका लागि न्यायाधीश बरालको इजलासमा

सन्दीपविरुद्धको मुद्दा फैसलाका लागि न्यायाधीश बरालको इजलासमा

फाइल तस्बिर


नेपालखबर
चैत २६, २०७९ आइतबार ११:५, काठमाडौँ

बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ गर्न काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको छ।

मुद्दा फैसला गर्न आजका लागि पेसी तोकिएको हो। सन्दीपविरुद्धको मुद्दाको पेसी १३औँ नम्बरमा परेको छ। काठमाडौँ जिल्ला अदालतमा आजका लागि २९ वटा मुद्दा पेसीमा चढेका छन्। 

यसअघि दुईपटक पेसी तोकेर पनि सन्दीपविरुद्धको मुद्दा सुनुवाइ भएको थिएन। 

आज पनि १३ नम्बरमा रहेकाले सुनुवाइ हुने सम्भावना कम देखिन्छ। 

गत कात्तिक २९ गते न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उनको आदेश उच्च अदालत (पाटन) ले बदर गरेपछि सन्दीप धरौटीमा रिहा भएका थिए।

सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध पनि फुकुवा गराएको थियो। 

सन्दीपलाई १० देखि १२ वर्ष कैदको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। त्यसको अन्तिम फैसला हुन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .