नेपाली सेनाको साइबर स्पेशमा अनाधिकृत पहुँच पुर्याउने उद्देश्यले साइबर हमला भएको खुलेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले हमलामा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।
ब्यूरोका उपनिर्देशक एसपी पशुपतिकुमार रायका अनुसार साइबर हमलामा संलग्न भएको अभियोगमा स्याङ्जाको वालिङ नगरपालिका १० घर भई पोखरा महानगरपालिका-१६ बाटुलेचौर बस्ने २१ वर्षीय सागर ढकाललाई पक्राउ गरिएको छ।
आफ्नो साइबर स्पेशमा हमला भएको भन्दै आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाली सेनाले ब्यूरोमा पत्र पठाएको थियो।
साइबर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा संलग्न व्यक्ति प्रहरीले पत्ता लगाएको हो।
अहिले उनीमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ।
108
Shares

प्रतिक्रिया