गृह मन्त्रालयले राष्ट्रपतिबाट विभूषण पाउनेहरूले शीतलनिवास प्रवेशका लागि प्रवेशपत्र लिन आग्रह गरेको छ।
आगामी वैशाख १ गते हुने विभूषण समारोहमा सहभागी हुनका लागि आजबाट चैत २९ गतेसम्म परिचय खुल्ने प्रमाण पत्र देखाएर पत्र लिन गृहले आग्रह गरेको हो।
गत असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सु-प्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गर्नेलाई विभूषण प्रदान गर्न लागिएको हो।

60
Shares

प्रतिक्रिया