रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
बा १६ च ३८२५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएकोमा सात जना घाइते भएका छन्।
शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए। उनका अनुसार सो जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।
24
Shares
प्रतिक्रिया