समाज


अमृतपाल होशियारपुरमा रहेको आशंका, ड्रोनबाट खोजी गरिँदै

अमृतपाल होशियारपुरमा रहेको आशंका, ड्रोनबाट खोजी गरिँदै

फाइल तस्बिर : अमृतपाल सिंह


नेपालखबर
चैत १६, २०७९ बिहिबार १३:८, काठमाडौँ

‘वारिस पञ्जाब दे’का प्रमुख तथा खालिस्तान अभियानकर्ता अमृतपाल सिंहको खोजी १३औं दिन पनि जारी छ। अमृतपालको खोजीका लागि होशियारपुरमा खोजी अभियान चलिरहेको छ। यहाँ ड्रोनबाट उनको खोजी भइरहेको छ। उत्तराखण्डबाट आएपछि अमृतपाल जालंधरको कपुरथला सीमा नजिकको शिविरमा लुकेका थिए।

अमृतपालले बुधबार भिडिओ सन्देश सार्वजनिक गरेका छन्। जुन भिडिओ  नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको क्षेत्रमा चैत २८ गते सुटिङ गरिएको दैनिक भास्करले उल्लेख गरेको छ। 

दैनिक भास्करका अनुसार उक्त भिडियो देश बाहिरबाट प्रसारण गरिएको हो । प्रहरीले क्यानडा, बेलायत र दुबईका तीनवटा आईपी ठेगाना पत्ता लगाएको छ। यी देशका भिडिओ इन्टरनेटमा राखिएका थिए।

भिडिओमा अमृतपालले के भने?  
बुधबार सार्वजनिक भिडिओमा अमृतपालले भनेका छन्– म पक्राउ पर्छु कि भनेर डराएकै छैन। १८ मार्चमा वाहेगुरुको कृपाले म बचेर भाग्न सफल भएँ। मेरो एउटा कपाल पनि बांगो पार्न सक्दैन। 

अमृतपालले आत्मसमर्पण गर्ने अनुमान, ३ सर्त राखे

चौतर्फी दबाबपछि अब अमृतपालले आत्मसमर्पण गर्ने अनुमान भइरहेको छ। उनले अमृतसरको स्वर्ण मन्दिरमा रहेको श्री अकाल तख्त साहिबमा आएर आत्मसमर्पण गर्न सक्ने चर्चा थियो। यो थाहा पाउनासाथ प्रहरीले त्यहाँ कडा सुरक्षा व्यवस्था गरेको छ। यसपछि उनले तख्त श्री दमदमा साहिब, तलवंडी साबो, भटिण्डामा आत्मसमर्पण गर्न सक्ने जानकारी आयो।

प्रहरी स्रोतका अनुसार अमृतपालले आत्मसमर्पणका लागि ३ सर्त राखेका छन्। जसमा उनले आफूलाई कुटपिट हुन नहुने, पञ्जाब जेलमा राखिनुपर्ने र आत्मसमर्पणलाई पक्राउ नभनिनुपर्ने भनेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .