राजनीति


देश अस्थिरतातर्फ गयो : राजेन्द्र लिङ्देन

देश अस्थिरतातर्फ गयो : राजेन्द्र लिङ्देन

नेपालखबर
चैत १६, २०७९ बिहिबार १३:११, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरुले देशमा स्थिरता नहुने बताएका छन्। 

बिहीबार राम नवमीको अवसरमा काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरू बढेको बताए। 

उनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहेपनि तत्काल स्थिरताको कल्पना गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारे।

उनले देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएको बताए। 

अध्यक्ष लिङदेनले देशलाई स्थिरता दिन सबै एकजुट हुनुको विकल्प न्रहेको पनि स्पष्ट पारे। 

उनले सरकार सांस्कृतिक सम्पदाहरुको संरक्षणमा गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिनेकुरा सह्य नहुने चेतावनी दिए।

‘हामी सरकारमा हुनु वा नहुनु तपशिलको कुरा हो। तर देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी छ। तर अहिले जुन प्रकारको
प्रवृत्ति विकसित भइरहेको छ, व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरू झनै तीव्र रुपले बढीरहेका छन्’, उनले भने, ‘त्यसले तत्काल स्थिरताको कल्पना गर्न सकिँदैन। देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएका छन्। सबै एकजुट भएर हामीले शान्ति, स्थिरता र विकासलाई मुल मुद्दा बनाएर अघि बढ्नुपर्छ।’

विगतमा सरकारले रामनवमीमा दिइरहेको बिदा कटौती गरेको बताउँदै उनले आफूहरुको सरकारमा हुँदा बिदा दिने निर्णय गरेको बताए। 

‘हामी सरकारमा थोरै समय रहेपनि आगामी वर्षबाट सार्वजनिक बिदा दिने निर्णय गरेको छ। २०८० को सार्वजनिक बिदामा रामनवमी पनि परेको छ,’ उनले भने, ‘केही वर्षदेखि सरकार धार्मिक संस्थानको संरक्षणमा भन्दा जिम्मेवारीबाट भाग्न खोजेको छ यो सह्य छैन। उच्च प्राथकिताका साथ सरकारले यसको जिममेवारी लिनुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad