ad ad

समाज


आजदेखि आइतबारसम्म काठमाडौंका यी क्षेत्रमा हुनेछ सवारी अवागमन प्रभावित

आजदेखि आइतबारसम्म काठमाडौंका यी क्षेत्रमा हुनेछ सवारी अवागमन प्रभावित

नेपालखबर
चैत १५, २०७९ बुधबार ८:५७, काठमाडौँ

काठमाडौं महानगरपालिकाले आजदेखि आइतबारसम्म काठमाडौंका केही क्षेत्रमा सवारी अवागमन हुनसक्ने जनाएको छ।

वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको आजदेखि रथयात्रा सुरु हुन लागेकोमा त्यसले केही सडकमा सवारी अवागमन प्रभावित हुने महानगरले जनाएको छ।

रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधन प्रवेशमा निषेध गरिएको महानगरले जनाएको छ ।

सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ। अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ। 

यस्तो छ सेतो मछिन्द्रनाथ (जनबाहा द्यो) रथयात्राको रूट

२०७९ चैत्र १५ गते साँझ ४:०० बजे – मछिन्द्र बहाल देखि तीनधारा पाठ साल सम्म खतयात्रा

चैत्र १५ गते साँझ ५ देखि ६:३० सम्म – जमल,रत्नपार्क,भोटाहिटी हुँदै असन

चैत्र १६ गते साँझ ५ देखि ६:३० सम्म – असन,बालकुमारी,इन्द्रचोक,मखन हुँदै हनुमानढोका

चैत्र १७ गते साँझ ४ देखि ६:३० सम्म – हनुमानढोका,मरु,चिकमुगल,जैसेदेगल हुँदै लगन

चैत्र १८ गते साँझ ५:३० देखि ६:३० सम्म  – आमाको रुख घुम्ने 

चैत्र १९ गते साँझ ५:३० देखि ७:३० सम्म – लगन,ज्यबहाल द्यो,यूतुननि,कोहिटी,भीमसेनस्थान,मारु,प्याफल हुँदै जनबहाल

sa1680056093.JPG

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .