आज दिनभर काठमाडौँ उपत्यकाको मौसम सामान्य रहने मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज दिनभर काठमाडौँ उपत्यकामा कहिले घाम, कहिले बादल हुने अवस्था छ।
‘आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावनाचाहिँ एकदम कम छ’, मौसमविद् झाले भने, ‘तर स्थानीय वायु सक्रिय भएर साँझपख छिटफुट वर्षा हुन पनि सक्छ, तर ठूलो एरियामा हुने खालको वर्षाको सम्भावना चाहिँ आज छैन।’
चैत १४, २०७९, मंगलबार
प्रतिक्रिया