ad ad

समाज


बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक

नेपालखबर
चैत ११, २०७९ शनिबार १६:३६, काठमाडौँ

भौतिक पूर्वाधारको अभावलगायत समस्या भोग्दै आएको हेटौँटास्थित बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक रहेका छन्। 

संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको सो बाल सुधार गृहमा तोकिएको भन्दा दोब्बर बालक आश्रित रहेका छन्। करिब ३५ जनाको क्षमता रहेको सो बाल सुधार गृहमा अहिले ६८ बालक आश्रित छन्।

सुधार गृहमा १८ वर्षमुनिका विभिन्न अभियोग लागेका र फैसला भएकालाई त्यहाँ राख्नुपर्ने प्रावधान भए पनि बढी उमेरकालाई समेत राख्नुपर्ने बाध्यता रहेको सुधारगृहका निमित्त प्रमुख प्रदीप गौतमले जानकारी दिए। 

हाल यहाँ १४ वर्ष उमेर पुगेका बालकदेखि २२ वर्षसम्मकालाई राखिएको छ। 'सामान्य लेखपढ गर्नेदेखि ११ कक्षासम्म पढ्नेलाई राखेका छौँ। मधेस र कोशी प्रदेशका बालसुधार गृहमा चाप बढेपछि हेटौँडा पठाउने गरिएको छ,' उनले भने। विकल्प नहुँदा क्षमताभन्दा बढी बालक राख्नु परेको गौतमको भनाइ छ। 

विसं २०७५ मा स्थापना भएको हेटौँडा बाल सुधार गृहमा बालकका लागि बस्ने, खाने, स्वास्थ्य उपचार, लत्ताकपडा, बाल सुधार गृहबाटै परीक्षा दिने तथा खेल्ने व्यवस्था छ।  

पुस्तकालयको समेत व्यवस्था छ। सुधार गृहमा  करणी मुद्दाका ४२, डाँकाचोरी मुद्दाका आठ, सवारी ज्यान र कर्तव्य ज्यान मुद्दाका तीन/तीन, लागूऔषधका पाँच, चोरी मुद्दाका  चार, शरीर बन्धक तथा अपहरण मुद्दाका एक बालक आश्रित रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .