ad ad

खेल


ललितपुर मेयर कप क्रिकेट : कोशीविरुद्धको खेलमा एपीएफ विजयी

ललितपुर मेयर कप क्रिकेट : कोशीविरुद्धको खेलमा एपीएफ विजयी

फाइल तस्वीर


नेपालखबर
चैत ११, २०७९ शनिबार १६:४०, काठमाडौँ

सशस्त्र प्रहरी बलको एपीएफ क्लबले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गरेको छ। एपीएफले कोशीलाई सात विकेटले पराजित गरेको हो। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै कोशीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ८७ रन बनायो। एपीएफले ८८ रनको विजयी लक्ष्य १८ दशमलव एक ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।

एपीएफका लागि ममता चौधरीले अविजित २१, कप्तान सीता राना मगरले १९, इन्दु बर्माले १८ तथा ज्योती पाण्डे र रोमा थापाले ११/११ रन बनाइन्। बलिङतर्फ कोशीका लागि एलिशा खादिया, रुबिना क्षेत्री र निशा साहले एक एक विकेट लिइन्। 

यसअघि ब्याटिङ गर्दै कोशीका लागि काजल श्रेष्ठले २९, कप्तान रुबिना क्षेत्रीले २४ र अप्सरी बेगमले २२ रन बनाइन्।

बलिङतर्फ एपीएफका लागि सीता राना मगरले तीन तथा इन्दु बर्माले एक विकेट लिइन्। जितसँगै एपीएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .