ad ad

समाज


पहाडी भेगमा वर्षाको सम्भावना, कहाँ–कहाँ?

पहाडी भेगमा वर्षाको सम्भावना, कहाँ–कहाँ?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
चैत ११, २०७९ शनिबार ६:३२, काठमाडौँ

आज (शनिबार) पनि देशका पहाडी भेगमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनएको छ। 

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार पहाडी भेगमा पनि आज पानी पर्ने सबैभन्दा बढी सम्भावना सुदूरपश्चिम र कर्णाली प्रदेशमा छ।  

‘सुदूरपश्चिम र कर्णाली प्रदेशमा बिहानैदेखि वर्षा सुरु भइसकेको छ, यो (पानी पार्ने) प्रणाली पूर्व सर्ने क्रममा छ, गण्डकी प्रदेशसम्म असर गर्न सक्छ’, उनले भने, ‘साथै बाँकी प्रदेशमा चाहिँ पहाडी भेगका एक दुई स्थानमा (ठाउँ तोक्न नसकिने) वर्षा हुने थोरै सम्भावना छ।’

मौसमविद् श्रेष्ठका अनुसार अपराह्नपछि साँझपख काठमाडौँ उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना छ। 

वर्षा मेघगर्जन/चट्याङसहित हुने मौसम महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। यसबाहेक राति देशका पहाडी भेगमा आंशिक (आकाशमा थोरै बादल) देखि सामान्य बदली (धेरैजसो आकाशमा बादल) रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .