प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय संस्था र तिनमा कार्यरत कर्मचारीको सुरक्षामा ध्यान दिन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्।
खासगरी मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निर्देशनमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई मोसो दल्ने तथा कुटपिट गर्ने गतिविधि बढिरहेका छन्।
सोही विषयमा प्रधानमन्त्री प्रचण्डले चासो राख्दै बैंक तथा वित्तीय संस्था र तिनमा कार्यरत कर्मचारीको सुरक्षा व्यवस्था मिलाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए।
देशको पछिल्लो सुरक्षा व्यवस्थाबारे जानकारी लिन तथा आवश्यक निर्देशन दिन प्रधानमन्त्री प्रचण्डले आज गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई सरकारी निवास (बालुवाटार) बोलाएका थिए।
प्रतिक्रिया