नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा पद प्राप्तिका लागि विचलन देखिएको टिप्पणी गरेका छन्।
ग्रासरुट अभियानलाई सम्बोधन गर्न शनिबार हेटौंडा आइपुगेका विष्टले पत्रकारहरुसँगको भेटघाटका क्रममा यस्तो बताएका हुन्।
‘प्रचण्डमा पद प्राप्ती वा पद जोगाउनका लागि जुन प्रकारको अवसरवाद देखा परेको छ। यो अवसरवाद राष्ट्रको सम्बृद्धी र जनताको जीवन रुपान्तणको लागि नेपालको राजनीतिमा एकप्रकारको कालो बादलको रुपमा देखा परेको छ। एकै शब्दमा भन्ने हो भने देशको प्रगतीको बाधक बनेको छ,’ विष्टले भने।
सचिव बिष्टले कालो बादल पन्छाएर नेपालको राजनीतिलाई खुल्ला सफा आकाश जस्तो बनाउन जरुरी रहेको पनि बताए। आवश्यकतालाई भविष्यको दिनहरुले थप परिणाममुखी बनाउनेमा एमालेकै हात रहने उनले बताए।
78
Shares
प्रतिक्रिया