ad ad

समाज


सशस्त्र प्रहरीका ५० डीएसपीको काज सरुवा, को कहाँ पुगे? (सूचीसहित)

सशस्त्र प्रहरीका ५० डीएसपीको काज सरुवा, को कहाँ पुगे? (सूचीसहित)

नेपालखबर
चैत ४, २०७९ शनिबार ९:५७, काठमाडौँ

सशस्त्र प्रहरी बलका ५० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले १३३ जना सशस्त्र प्रहरी निरीक्षकसँगै डीएसपीको पनि सरुवा गरेको हो। 

उपराष्ट्रपतिको निर्वाचनका कारण आचारसंहिता लागु भएपछि सशस्त्रले सरुवा गर्नका लागि निर्वाचन आयोगसँग अनुनमति लिएको थियो। 

संगठनले तयार गरेको कार्यविधि अनुसार हालसम्म कमाण्डको अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राख्दै सरुवा गरिएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी पुरुषोत्तम थापाले जानकारी दिए। 

उनीहरुलाई जेष्ठता अनुसार क्रमशः प्रस्तावित सीमा सुरक्षा गुल्म, बोर्डर आउट पोष्ट (बीओपी) र अस्थायी सुरक्षा बेसहरुको कमाण्ड जिम्मेवारीमा खटाइएको डीआईजी थापाले बताए। 

अवकास नजिक पुगेका तर विगतमा कमाण्डको जिम्मेवारी कम पाएकालाई पनि प्राथमिकता दिइएको सशस्त्र प्रहरीले जनाएको छ। 

को कहाँ सरुवा भए?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .