समाज


सर्लाहीमा एक महिलाको साथबाट दुई लाख लुटियो

सर्लाहीमा एक महिलाको साथबाट दुई लाख लुटियो

फाइल तस्बिर


नेपालखबर
फागुन २७, २०७९ शनिबार ५:४३, सर्लाही

सर्लाहीको चक्रघट्टा गाउँपालिका–२ बेल्हीमा एक महिलामाथि लुटपाट भएको छ।

सर्लाहीकै बसबरिया गाउँपालिका–६ का नन्दकिशोर रामकी श्रीमती २६ वर्षीया अन्जली देवीको साथबाट शुक्रबार बेल्हीबाट दुई लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ।

बसबरियास्थित घरबाट सर्लाहीकै बरहथवा नगरपालिका १८ श्रीपुरमा रहेको माइतीघरमा पैसा पुर्याउन आउँदै गर्दा बेल्हीको एकान्त स्थानमा तीन जना अपरिचित मानिसले उनको साथबाट २ लाख रुपैयाँ लुटेर लगेका हुन्।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा बसबरिया गाउँपालिका–६ बस्ने १८ वर्षीय धिरज साहलाई पक्राउ गरेको छ। 

घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .