समाज


ओखलढुंगामा जिप दुर्घटना : २ जनाको मृत्यु, ८ घाइते

ओखलढुंगामा जिप दुर्घटना : २ जनाको मृत्यु, ८ घाइते

नेपालखबर
फागुन २१, २०७९ आइतबार १०:५६, काठमाडौँ

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा जिप दुर्घटना भएको छ।

आइतबार बिहान भएको दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन्। 

दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको ना १ ज ८४८३ जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।

ओखलढुगांका प्रहरी प्रवक्ता देवेन्द्र दासका अनुसार घाइतेको उपचारका लागि उद्धार जारी छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। साथै, तत्काल उद्धारका लागि निर्देशन दिएको जानकारी प्रधानमन्त्री प्रचण्डले गराएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad